भुवन केसी सदावहार अभिनेता हुन्। नेपाली फिल्मी उधोगमा थुप्रै सुपरहिट फिल्महरु दिएका भुवन केसी कुसल अभिनेता,सफल निर्माता,निर्देशक समेत हुन्।भुवन केसीका छोरा अनमोल केसी अहिलेका स्टार अभिनेता हुन्।फिल्मी उधोगमा ३५ बर्ष भन्दा धेरै समय बिताएका केसीले उमेरका कारण कुनै नायिका सँग नाच्ने-गाउने खालका रोलमा अभिनय नगर्ने स्पस्ट पारे।

केसी भन्छन् – फिल्ममा हिरो-हिरोइनका बाबु-काका जस्ता भूमिकामा अभिनय गर्दिन। केसी गायक समेत हुन्।गायक उदितनारायण झा,शम्भुजित बास्कोटा सँगै गाउन थालेको बताउने केसीले रेडियो नेपालमा गएका ‘मायालु तिमी टाडा भैदिनाले….’ भन्ने बोलको गितको म्युजिक भिडियो समेत बनेको थियो। जुन फिल्मको म्युजिक भिडियो संभवत: नेपालमै पहिलो म्युजिक भिडियो भएको केसीको दावी छ।

त्यतिबेला रमाईलोको लागी खिचिएको भिडियोलाई म्युजिक भिडियो भनिने कुरा अहिले मात्रै थाहाँ पाएको केसी बताउछन्।तत्कालीन समयमा केसीलाई बलिउड अभिनेता अनिल कपुर,संजय दत्त सँग दाँजिने केसी बताउछन्। उनी भन्छन्- यदि त्यतिबेला म बलिउडमा गएको भए उनीहरु भन्दा माथिल्लो स्तरकै अभिनेता हुन्थे।

हेर्नुहोस् भुवन केसी सँगको कुराकानी :

  • मङ्लबार, पुस २५, २०७४ मा प्रकाशित