काठमाडौं

नायिका स्वेता खड्को आज सोमबार २२ गते जन्मदिन परेको छ। उनि ३० औँ जन्मदिन मनाउँदै छिन् । जन्मदिनको अवसरमा उनलाई धेरैले शुभकामना ब्यक्त गरेका छन् ।

स्वेताले निर्माण गरेको चलचित्र ‘कान्छी’ फागुन ४ बाट देशभर रिलिज हुँदैछ । नायक श्रीकृष्ण श्रेष्ठसँग विवाह बन्धनमा बाँधिएको एक महिनामै श्रीकृष्णको निधन भएपछि उनी लामो समय विक्षिप्त बनेकी थिईन् । लाखौँ दर्शकहरको साथ सहयोगले स्वेताले आफुलाई सम्हाल्दै फेरि चलचित्र क्षेत्रमा कमब्याक गरेकी छिन् । ‘कान्छी’मा उनी आफैले अभिनय गरेकी छिन् । निर्माणको हिसावले स्वेताको यो पहिलो फिल्म हो ।

‘कान्छी’ फिल्मबाट उठेको रकम पनि समाजसेवामै लगाउने स्वेताको भनाई छ । हाल उनले श्रीकृष्णको सम्झनामा सिन्धुपाल्चोकमा माझी बस्ति निर्माण गरिरहेकी छिन् । पति वियोगको असह्य पिडा भोगेकी स्वेता धेरै महिलाहरुको प्रेरणा बनेकी छिन् ।

  • सोमवार, माघ २२, २०७४ मा प्रकाशित