काठमाडौं

प्रणय दिवस अर्थात ‘भ्यालेन्टाइन डे’ विश्वभर नै मनाईने गरिन्छ । पछिल्लो समय ‘भ्यालेन्टाइन डे’को प्रभाव नेपालमा पनि पर्दै गएको छ । नेपालमा पनि युवा–युवतीहरु भ्यालेन्टाइन डेलाई विशेष रुपमा मनाउँदै आएका छन् ।

सरद राई

प्रणय दिवस अर्थात ‘भ्यालेन्टाइन डे’को विशेषता एक अर्कामा प्रेमी, प्रमिका बन्नु वा बनाउनु हो । यदि तपाईंले कसैलाई मन पराउनुहुन्छ भने, यसै प्रणय दिवसको अवसरमा आफ्नो प्रेम जाहेर गर्ने उपयुक्त मौका हो । धेरै युवा–युवतीले भ्यालेन्टाइन डेलाई आफ्नो प्रेम व्यक्त गर्ने मौसमका रुपमा बुझ्छन् ।

यदि तपाईं पनि यो अवसरमा आफ्नो प्रेम व्यक्त गर्न चाहानुहुन्छ भने मन परेको व्यक्तिलाई प्रेम प्रस्ताव राख्ने सही तरिका जान्नु जरुरी हुन्छ । हामीले आज तपाईंलाई प्रेम प्रस्ताव राख्ने तरिकाहरु बताउँदै छौं । जो निम्नानुसार छन्ः

१.जून दिन तपाईले आफ्नो प्रेमी वा प्रमिकालाइ प्रपोज गर्नुछ त्यसको केही दिन पहिला एक फेक ईमेल आईडीबाट केही सन्देश पठाउनुस् । जसमा आजको पाँच दिनपछि तिमीलाई एउटा सरप्राइज मिल्दैछ भनेर लेख्नुस् ।

२.आफ्नो कलेज वा अफिसको क्यान्टिनमा उनलाई पनि सँगै लगेर जानुस् । र पहिला नै क्यान्टिनमा काम गर्ने वेटरलाई बताउनुस् कि उनी मेरी प्रेमी अथवा प्रेमिका हुन । उनले अर्डर गरेको बिलमा एउटा पेपरमा आफ्नो प्रपोज सन्देश लेखेर टेबलमा पठाउन सक्नुहुन्छ ।

३.आफ्नो र उनको तस्वीरको एक कोलाज बनाएर उनीमाथि एक रोमान्टिक जस्तो म्यासेज लेख्नुहोस् र पठाउनेको नाममा ‘भगवान चाहन्छन यो जोडी बनोस्’ लेख्नुस् । र यसलाई आफूले प्रस्ताव राख्दा (प्रपोज गर्दा) पनि दिनुहोस् ।

४.जसलाई तपाई मन पराउनुहुन्छ, उनलाई प्रपोज गर्दै एक भिडियो बनाउनुस् र त्यसलाई यूट्यूबमा पोस्ट गर्न सक्नुहुन्छ । फेरि त्यसको लिंकलाई उनको मेलमा पठाउन सक्नुहुन्छ ।

५.एक सेतो टिसर्टमा एउटा आकर्षक म्यासेज लेख्नुस् । जस्तै ‘आई लभ यू’ वा अरु केही जे भन्न चाहनुहुन्छ त्यही प्रिन्ट गराउनुहोस् । त्यसको माथि एक सट लगाएर छोप्नुहोस । आफूले मन पराउने व्यक्तिलाई एकान्तमा बोलाउनुहोस्, मुस्कान छोड्दै सर्ट खोल्नुहोस् र टीसर्ट देखाइदिनुस् ।

‘भ्यालेन्टाइन डे’ मेकअप

सामान्य तथा आकर्षक अनुहार अधिकांश पुरुषको रोजाइमा पर्ने भए पनि यो दिन अनुहारमा फाउन्डेसन लगाउनु उपयुक्त हुन्छ ।

आफ्नो अनुहारको रंगसँग मेल खाने किसिमको फाउन्डेसन लगाउनुपर्छ भने वाटरप्रुफ फाउन्डेसनसमेत लगाउन सकिन्छ । त्यसपछि गालालाई हल्का गुलाफी देखाउन ब्लसर लगाउनुपर्छ । आँखालाई आकर्षक बनाउन आइस्याडो लगाएपछि आइलाइनर लगाउन सकिन्छ भने त्यसपछि मस्कारा लगाउनुपर्छ ।

यो दिन गाढा गुलाफी रंगको लिपिस्टिक लगाउँदा सौन्दर्यमा थप निखार आउँछ । यसैगरी रातो रङको लिपिस्टिक पनि लगाउन सकिन्छ । लिपग्लसले टचअप गर्दा ओठ सेक्सी देखिन्छ ।

सम्बन्ध बचाउन आफ्नो भूमिका कस्तो हुनुपर्छ ?

अधिकाँश मानिसहरु अरुको गल्ती खोतल्न थाल्छन्, आफ्ना गल्तीहरुलाई नजरअन्दाज गर्छन् ।अझ सम्बन्धमा चिसोपन आउँदै गएपछि त्यसलाई बचाउन लाग्नुभन्दा एक-अर्कालाई आरोप-प्रत्यारोप लगाउन र समस्या बल्झाउन ब्यस्त हुन्छन् । एक-अर्कामा अत्यन्तै माया र आत्मीयता हुँदाहुदै स-साना कुरामा असमझदारी बढ्दै गएर टुंगिएका सम्बन्धहरु पनि थुप्रै छन् ।

बुझ्नैपर्ने कुरा केहो भने सम्बन्ध टुटिसकेपछि भोली दुखी होइन्छ भने किन त्यस्तो कुराको तयारी गर्ने ? जिन्दगी सधैँ सरल मार्गमा हिडिरहेको हँदैन,अफ्ठ्यारा परिस्थितिलाई बेलैमा सम्हाल्नु बुद्धिमानी हुन्छ ।

बेलैमा सम्बन्ध टुट्नबाट जोगाउन सहयात्री (पार्टनर) को सानातिना गल्तीमा नजरअन्दाज किन नगरिदिने ? चित्त नबुझेको कुरा किन खुलस्त नभनिदिने ? अनि आफ्नो मान्छेसँग निहुँ किन खोज्नु ? यस्ता कुराहरु त माया बिरोधी हुन्,सुखी जिबनको तगारो हुन् ।सम्बन्ध टुटिसकेपछि हुने तनाब अरुले बोकिदिदैन, पिडा आफैँलाई हुन्छ भने सम्बन्ध जोगाउँने पहिलो कर्तब्य पनि आफ्नै हो।

जीवनका हरेक अफ्ठ्याराहरु,कठिन समयहरु माया-प्रेमले सजाउँदा जिवन सहज बन्छ।मायालाई कहिले घृणामा नबदलौ, माया त्यतिकै गर्न सिकौं जति आफूले अरुबाट अपेक्षा गर्छौं ।

यस्ता छन् ‘भ्यालेन्टाइन डे’ सँग जोडिएका रोचक कुराहरुः

भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस प्रेमजोडीहरुका लागि निकै महत्वपूर्ण दिन हो । जोडी खोज्दै गरेका तथा प्रेम प्रस्ताव राख्ने मनसाय बनाएका हरुका लागि पनि प्रणय दिवसलाई निकै उत्तम साइतको रुपमा लिइन्छ ।

यो प्रणय दिवस सँग विभिन्न खाले कथा तथा इतिहास जोडिएका छन् र यस विषयमा विभिन्न खाले तथ्यहरु पनि छन् । कतिपय तथ्यहरु हामीले नसुनेका पनि हुनसक्छौँ र सुन्दमै रोचक लाग्दछ ।

तपाइँलाई थाहा छैन होला, नाटककार शेक्सपियरको चर्चित लभस्टोरी रोमियो एण्ड जुलिएटकी नायिका जुलियटको घरमा हरेक वर्ष भ्यालेन्टाइन डे को दिन हजरौँ चिठीहरु पठाइन्छन् । इटालीको भ्यारोनामा जुलियटको काल्पनिक गाउँ छ । दुनिया भरबाट यो गाउँमा जुलियटलाई सम्बोधन गरी प्रेमपत्रहरु आउँदछन् ।

भ्यालेन्टाइन डे को दिन विश्वमा औषतमा २ लाख २० हजार जना मानिसले आफ्नो पार्टनरलाई बिहेको प्रस्ताव गर्दछन् । प्रेमको प्रस्ताव गर्नेहरुको संख्याको त गणना नै छैन ।

भ्यालेन्टाइन डे को दिन विश्वमा १ अर्ब कार्ड आदानप्रदान हुन्छन् । क्रिसमस तथा अंग्रेजी नयाँ वर्ष पछि सबैभन्दा बढि कार्ड आदानप्रदान हुने दिन यहीँ हो ।

भ्यालेन्टाइन डे को दिन अमेरिकामा मात्रै एक अर्ब डलर बराबरको चकलेट खरीद बिक्रि हुन्छ । यो दिन मुटु आकारको साढे ३ करोड चकलेट बक्स बिक्रि हुन्छन् ।

भ्यालेन्टाइन डे को दिन अमेरिकामा मात्रै १९ करोड बराबरको गुलाबको फूल किनबेच हुन्छ । गुलाबको फूललाई इटालीको रोममा प्रेमको देवीको मनपर्ने फूल पनि भनिन्छ ।

भ्यालेन्टाइन डे मा गुलाब खरीद गर्नेमा सयमा ७३ प्रतिशत पुरुष हुन्छन् । त्यस्तै अन्य भ्यालेन्टाइन गिफ्ट खरीद गर्नेमा सयमा ८५ जना महिला हुन्छन् ।

  • मङ्लबार, फाल्गुन १, २०७४ मा प्रकाशित