काठमाडौं– चर्चित रियालिटी शो नेपाल आइडलबाट उत्कृष्ट चारमा पर्न सफल भएका सागर आले प्रतिष्पर्धाबाट बाहिरिए ।

अघिल्लो साता भएको भोटिङको आधारमा शुक्रबार राती सुनाएको नतिजाअनुसार आले उत्कृष्ट तीनमा पर्न सकेनन् ।

नेपाल आइडलबाट अब आउट हुने पालो कसको होला ? भन्ने चासो र कौतुहुल्ता शुक्रबार बेलुकाबाट हटेको हटेको थियो । बुद्ध लामा, प्रताप दास र निशान भट्टराई उत्कृष्ट तीनमा पर्न सफल भएका छन् ।

एपीवान टेलिभिजनबाट प्रशारण भईरहेको नेपालकै नम्बर वान ‘रियालिटी शो’ को अघिल्लो साताबाट नै एक जना बाहिरिनु पर्नेमा एक साता पछि धकेलिएपछि धाँदली भएको भन्दै अदालतमा रिट समेत परेको थियो । अदालतले नयाँ भोटिङ नगर्न आदेश दिएपछि शुक्रबार नै उक्त रिट खारेज गरेको थियो ।

पछिल्लो पटक नेपाल आइडल विवदित बन्न पुगेकाले पनि सागरले नतिजाप्रति आफू पूर्ण सन्तुष्ट रहेको प्रतिक्रियासमेत दिदै बहिरीएका  थिए ।

अहिले सागर आले पिडा भुलेर यसरी हाँस्न थालेका छन् हेर्नुहोस भिडियो

  • बिहिबार, भदौ २९, २०७४ मा प्रकाशित