श्रावण २ काठमान्डौ

स्थानीय तह चुनावको समिक्षा गर्न माओवादी केन्द्रको केन्द्रीय सचिवालय बैठक सुरु भएको छ ।

बैठकले चुनावको समिक्षा गर्नुका साथै आगामी रणनीति तयार पार्नेछ । केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु बैठकमा जिल्ला इञ्चार्जहरुको समेत उपस्थिति रहेको छ । बैठकमा निर्वाचनको समीक्षा, आगामी निर्वाचनको तयारी र संगठनात्मक विषयमा छलफल हुने माओवादी अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ ।

  • सोमवार, साउन २, २०७४ मा प्रकाशित