न्युयोर्क/अमेरिका

अमेरिकाको टेक्सास राज्यस्थित डलासमा दुई लुटेराहरुको आक्रमणमा एक नेपालीको मृत्यु भएको छ । डालास नजिकको शहर गारलेण्डको एक कन्भिनियन्स स्टोरमा लुटपाट गर्न आएका बन्दुकधारीले चलाएको गोलीबाट स्टोरमा कार्यरत ३५ वर्षीय मनिस पाण्डेको मृत्यु भएको हो ।

ब्रोड वे एभिन्युमा रहेको एक्सजोन ग्यास स्टेसनमा शनिबार राती आएका बन्दुकधारीले गोली चलाउ“दा पाण्डेको मृत्यु भएको प्रहरीलाई उदृत गर्दै स्थानीय सञ्चारमाध्यमले बताएका छन् ।

रातको समयमा बन्दुक लिएर दुईजना स्टोरमा छिरेपछि आक्रमण गरेको सिसी क्यामेराको भिडियोमा देखिएको प्रहरीले जनाएको छ । उक्त स्टोर नेपालीले नै सञ्चालन गर्दै आएका छन् ।

बन्दुकधारीहरु शनिबार राति १२ बजे स्टोर बन्द गर्ने समयमा माक्स लगाएर स्टोरमा पसेका थिए । प्रहरीले लुटेराको खोजी भइरहेको जनाएको छ ।

  • सोमवार, माघ ८, २०७४ मा प्रकाशित