माघ २१ २०७४

छोरी जस्मिन हरपलको सम्झना अनि मुटुभरिको माया !

छोरी विशेष, तिम्रो सम्झनाले सताएकाले यो परदेशी भुमी बाट मनमा लागेका मेरा मनका बेदना एउटा कागजमा उतार्ने जमर्को गरेकोछु हुन त मैले गर्ने माया र ममता केहिमा उतारेर उतार्न म अबस्य सक्दिन जुन मेरो मनमा छ यो मायालाई नाप्ने न यन्त्र नै बनेको छ, केही त्यस्तो माया नाप्ने यन्त्र बनेको भए यति केजी छ भनेर पठाउँथेँ । जे होस्, तिमीप्रति मेरो धेरै माया छ ! प्रेम छ !

तिमीलाई राम्रो गार्जियनसीप दिएर समाजको राम्रो, सहयोगी, सुशील तथा देश र जनताप्रति बफादार नागरिक बानाउने अभिलाषा छ र मलाइ सधै
एउटा चिन्ता लाग्ने गर्छ, तिमीलाई यो समाजको उदाहरण कसरी बनाउने भनेर , तिमिलाइ समाजको उदाहरणीय बन्नाएर जस्मिनको बाबा भनेर चिनिने ठुलो धोको छ , हुन त यी सबै सम्भब बनाउन यो समयमा तिमिलाइ तिम्रो बाबाको छाहारिको आवस्यकता थियो तर विभिन्न बिबसताले गर्दा आज परदेशी भुमी त्यही पनि सात समुन्द्र पारिछु , जहाँ भए पनि तिम्रो उज्ज्वल भबिस्यको लागि केहिमा कमि नबनाउने संकल्प लिएको छु र तिम्रो मायाका अदृष्य स्पर्शलाई मनमुटुमा बोकेर परदेशि भुमिका यी कहाली लाग्दा दिनहरु म तिम्रो सुन्दर भविष्यको कल्पनामा अनेकौ वाध्यता बिबशता सग लडिरहेकोछु। यी बिभिन्न परिधी र परिस्थितीहरूमा रहेर पनि मेरो जीवन तिम्रा लागि समर्पण गर्ने अठोट लिएको छु र म तिमीमा नै समर्पित छु सदैव रहनेछु किन कि तिमिलाइ एउटा असल मान्छे बनाउनु छ ।

छोरी कुनै पनि मान्छे बिहे गरेको १ महिनामै श्रीमतीलाई छोडेर त्यही पनि श्रीमतीको पेटमा १ महिनाको बच्चा छोडेर टाढा जाने रहर कसरि पो हुन सक्छ होला र ! हो म त्यहि बाध्यता बाट गुज्रिएको छु। तिमी तिम्रो मामुको पेटमा १ महिनाको हुदा बिदेशिएको थिए । हजारौं युवाको जस्तै बाध्यताका अगाडि मेरो पनि केही लागेन तर भोगाइ सबैका फरक फरक होलान मेरो जस्तो अरुको अबस्य नहोला । म बिदेशिएको ८ महिना पछि तिम्रो जन्म भयो तिमिलाइ तिम्रो मामुले तिम्रो बाबाको मायाको छिनो स्वरुप धेरै माया गरेर हुर्काइन , जब तिमी बोल्न थालेउ बाबा खै भन्दा मोबाइललाई देखाउथेउ मैले तिमिलाइ मोबाइल मै हुर्काए । तिमी ३ बर्षकि हुदा प्रत्यक्ष देख्ने र खेलाउने अवसर पाए रहर मरुन्जेल खेलाउदै , घुमाउदै थिए १ महिना १५ दिनको छुट्टीले पत्तै नपाइ नेटो काटेछ फेरि टाढा हुने दिन आयो र टाढा पनि भए ।

तिमी बाट म भौगोलिक दुरीले टाढा रहे पनि आजको प्रबिधीले संसारलाई सानो बानाएको छ। यही प्रबिधीको माध्यमलाई प्रयोग गरेर तिमिसग नजिक रहने गरेकोछु तिमिले “बाबा आजै आनु ल घुम्न नाउ” भन्दा कुटुक्क मन खान्छ , तिमी मेरि दुख सुख कि साथी बनेकी छौ । जे होस टाढा भए पनि आजको प्रबिधीलाइ प्रयोग गरेर तिमीलाइ हेरेर तिम्रो तोते बोली सुन्न पाको छु । हरेक क्षण तिमी सगै नभए पनि तिम्रो फोटो , भिडियो मेरो मोबाइलमा छ । हो म त्यही तिम्रो फोटो , भिडियो सग कुरा गर्छु र तिम्रो फोटो भिडियो नहेरेको त छिनै हुदैन । मेरा हरेक भाब फोटो र भिडियो मै व्यक्त गर्छु । जतिखेर म बजारमा हुन्छु यदि सक्ने हुदो हु त सबै बजार नै छोरिको नाममा खरिद गर्थे होला जस्तो लाग्छ । मलाई अब आफ्नु लागि केही रहर छैन । तिमिलाइ ठुलो मान्छे होइन असल मान्छे बनाउन यो जिन्दगी तिम्रै लागि खर्चिने छु भन्दै ३ बर्ष पुगेर ४ बर्ष लागेको उपलक्ष्यमा मनभरिको असिम माया, ममता र शुस्वास्थ्यको कामना सहित जन्मदीनको लाखौ लाख शुभकामना !

 

 

Miss You Chhori I Love You.

झकिन्द्र खतिवडा
हाल इजराइल

  • शनिबार, माघ २०, २०७४ मा प्रकाशित